Wednesday, December 8, 2021
Home > समाचार > खुशीकाे खबरः आज एकैदिन ९० जनाले कोरोना जितेर घर फर्किए

खुशीकाे खबरः आज एकैदिन ९० जनाले कोरोना जितेर घर फर्किए

काठमाडौँ, २८ जेठ ।

कोभिड १९ को सङक्रमणबाट आज ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् । हालसम्म ६७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् । (रासस)

Leave a Reply

error: Please Dont Copy My Content!! !!