Sunday, November 28, 2021
Home > समाचार > फेरि आज पनि बढ्यो यति धेरै कोरोना संक्रमित, पुरै तथ्याङ्क हेर्नुहाेला!

फेरि आज पनि बढ्यो यति धेरै कोरोना संक्रमित, पुरै तथ्याङ्क हेर्नुहाेला!

काठमाडौं, २८ जेठ ।

मुलुकमा थप २ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय जना ७९ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ५७ पुरुष र २२ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ । त्यस्तै अहिलेसम्म पिसिआर परिक्षण ११०७४४ जनाकाे गरिसकिएकाे छ भने आरडिटी टेस्ट  १७२८८० जनाकाे गरिएकाे छ ।

टेस्टमा संक्रमण नदेखिनेकाे सँख्या १०६३८० रहेकाे छ भने संक्रमण देखिएकाे सँख्या ४३६४ पुगेकाे छ  ।  हालसम्म नेपालकाे क्वारेन्टाइनमा १७२२६६ जना रहेका छन्  भने आइसोलेसनमा हालसम्म् ३६७५ जना रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित ठीक भएर जानेहरू सँख्या पनि तुलनात्मक रूपमा बढिरहेकाे छ । हालसम्म् नेपाल अधिराज्यभरबाट कोरोना संक्रमित निकाे भएर जानेकाे सँख्या ६७४ पुगेकाे छ भने कोरोनाकै कारण मृत्य हुनेकाे सँख्या १५ पुगेकाे छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!