Thursday, December 9, 2021
Home > समाचार > प्रधानमन्त्री ओलीको सन्देश : नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन

प्रधानमन्त्री ओलीको सन्देश : नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन

काठमाडाैं, २८ जेठ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बोलीप्रति आपत्ति जनाउनुभएकाे छ । बुधबार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले योगी आदित्यनाथले धम्क्याउन खोजेको हो भने जायज नहुने बताउनुभयाे ।

आज प्रतिनिधि सभामा बोल्नु हुदै प्रधानमन्त्रीले नेपालकाे पहिचान र सार्वभाैस तथा राष्ट्रियताका लागि पुर्खाहरूले लडे, हामी अडे मात्रै पुरा हुन्छ भन्दै नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन भन्नुभएको थियो ।

‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथजीले नक्साबारे बाेल्नुभयो भन्ने केही कुराहरु आएको छ । यदि उहाँले त्यसरी बोल्नुभएको छ भने त्यो जायज होइन र त्यसरी नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित होइन,’ प्रधामन्त्री ओलीले भन्नुयभाे, ‘उहाँको त्यो नबोलिनु पर्थ्याे । त्यो बोल्नुभएको र नेपालाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौँ ।’

योगीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नेपाल हेपिन तयार नभएको बताउनुभयाे। ‘नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयाे ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!