Wednesday, December 8, 2021
Home > समाचार > कर्णाली नदीमा टिप्पर दुर्घटना अपडेट : ३१ को जीवितै उद्धार

कर्णाली नदीमा टिप्पर दुर्घटना अपडेट : ३१ को जीवितै उद्धार

सुर्खेत ।

कालिकोटमा भएको टिप्पर दुर्घटनामादुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फलैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाटकर्णाली नदीमा खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको बताइएको छ मन्त्रालयले जनाएको छ । । यस्तै घाइतेको उद्धारका लागिनेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।उद्धार गरिएक मध्ये चार जना गम्भीर घाइते छन् ।

यसैबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएकोदुर्घटनाले दुखिदु तुल्याएको भन्दै मुख्यमन्त्री शाहीले घाइतेको उपचार र वेपत्ताको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!