Thursday, December 9, 2021
Home > समाचार > धनुषाकाे प्रहरी हि’रासतमै झुण्डिएकाे अवस्थामा युवकको शव!

धनुषाकाे प्रहरी हि’रासतमै झुण्डिएकाे अवस्थामा युवकको शव!

जनकपुरधाम, २८ जेठ ।

धनुषामा प्रहरी हि’रासतमै झुण्डिएकाे अवस्थामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सबैलाको हि’रासतमा रहेका सबैला नगरपालिका- १२ बरकुर्बाका २३ वर्षीय सम्भु सदाको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

हि’रासतको शौचालयभित्रै छानोमा आफ्नै सर्ट, भेस्टले पा’सो लागेको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दनुभयाे ।

सदा ट्याक्टर चालक थिए । गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी हि’रासतमा राखेर कारबाही चलाएको थियो । उनले आत्मह’त्या किन गरे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकको शवलाई पोस्टमार्टमको लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

हि’रासतमै सदाको शव झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमाथि ढुंगामूढा गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोड-फोड गरेका छन् । उनीहरुले घटनाको छानबिन गरी दोषी प्रहरीमाथि कारबाही गर्न माग गरका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!