Thursday, December 9, 2021
Home > समाचार > दैव पनि कस्तो! मामाघर आएकि सिमरनकाे हजुरआमा सँगै पहिरोले लियो ज्यान!

दैव पनि कस्तो! मामाघर आएकि सिमरनकाे हजुरआमा सँगै पहिरोले लियो ज्यान!

म्याग्दी, २८ जेठ ।

म्याग्दीको रघुगंगा गाउपालिका–६ कोटगाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । गएराति भिरबाट घरभित्र छिरेको बाढीले स्थानीय ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी नातिनी ४ वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । एक्कासी बाढी पसेपछि दुईजनाको घटनास्थलमै मृत्यु थियो । पहिरोको जानकारी लगत्तै उद्धारमा खटिएका थिए ।

ढुङ्गामाटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा सुतिरहेको अवस्थामा एक्कासी पहिरो आएको थियो । घटनास्थलमा दलप्रसाद शेरपुञ्जा सहित भाग्ने क्रममा दुईजनालाई लेदो सहित आएको पहिरोले पुरेको बताइएको छ । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी सहित स्थानीयले उद्धारमा खटिएको प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

भीरबाट माथिल्लो भागबाट लेदो पसेपछि गोठ भत्किएपछि मानवीय क्षतीसँगै अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ भने पशु चौपायको भने क्षति भएको छैन् । घटनास्थलमा अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ । मृतकको परिवारलाई तत्काल राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले पुरिएका हुन् । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र सिमरनलाई मृत फेला पारेका थिए । घटनास्थलमा रहेका हमालका अनुसार मामाघर आएकी सिम्रन हजुरआमा हमायासँग गोठमा गएकी थिइन्।
सांकेतिक तस्बिर।

पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ । पशुचौपायको भने क्षति भएको छैन । थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!