Sunday, November 28, 2021
Home > समाचार > भर्खरै सकियो बैठक : भोलिबाट लकडाउन यस्तो हुने

भर्खरै सकियो बैठक : भोलिबाट लकडाउन यस्तो हुने

काठमाण्डाै २७ जेठ–

सरकारले भोलि (बुधबार) देखि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन खुकुलो पार्ने भएको छ ।

लकडाउन लामो समयसम्म नलम्ब्याउन विभिन्न क्षेत्रबाट आएको सुझाव र चौतर्फी दबाबपछि सरकारले लकडाउन खुकुलो पार्ने भएको हो ।

एक मन्त्रीका अनुसार भोलि मन्त्रिपरिषद बैठक बसेर लकडाउन खुकुलो पार्ने निर्णय हुनेछ । विद्यालय, क्याम्पस, चलचित्र हल, सपिङ मल र पार्टी प्यालेसबाहेकका सबै गतिविधि खुला गर्ने तयारी सरकारको छ ।

यसअघिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई लकडाउन कार्यविधि बनाउने जिम्मेवारी दिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!