Sunday, November 28, 2021
Home > समाचार > खुशीकाे खबरः आज पनि एकैदिनमा यति धेरै संक्रमितले जिते काेराेना!

खुशीकाे खबरः आज पनि एकैदिनमा यति धेरै संक्रमितले जिते काेराेना!

काठमाडौं –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (मंगलबार) कोरोना भाइरसबाट संक्रमित थप ९६ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ५८४ जना पुगेको छ । जसमध्ये ५०७ जना पुरूष र ७७ जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले साेमबार थप ९६ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् ।

कोभिड-१९ अस्पताल जनकपुरबाट ३० जना (६ महिला र २६ जना पुरुष), युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट एक महिला, बाँके कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना निकाे भएर घर फर्किसेकाेका छन् ।

त्यस्तै राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना, धरानबाट झापाका २८ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट एक जना महिला डिस्चार्ज भएका हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!