Wednesday, December 8, 2021
Home > समाचार > रेकर्ड तोड्दै कोरोना संक्रमितले, आज यति धेरै थपिएपछि…

रेकर्ड तोड्दै कोरोना संक्रमितले, आज यति धेरै थपिएपछि…

काठमाडौं ।


मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ ।

यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!