Sunday, November 28, 2021
Home > भिडियो > काठमाण्डौमा लकडाउन उल्लंघन गर्दै पसल खोल्न थालेपछि यस्तो झडप (भिडियो सहित)

काठमाण्डौमा लकडाउन उल्लंघन गर्दै पसल खोल्न थालेपछि यस्तो झडप (भिडियो सहित)

काठमाडौँ ।

लामो समय देखिको लकडाउनका कारण आजित परेर पसल संचालन गरेका ब्यवसायी र प्रहरीबीच काठमाडौंका विभिन्न स्थानमा झडप भएको छ । मंगलवार विहानै काठमाडौंको न्युरोडमा प्रहरी र व्यापारीबीच झडप भएको छ भने बालुवाटारमा पनि प्रहरीले बल प्रयोग गरेको छ ।

व्यापारीले लकडाउन उल्लंघन गर्दै पसल खोल्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । बानेश्वरका व्यावसायीले विभिन्न ५ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी दिइरहेका बेलामा बालुवाटार नजिक खुर्सानीटारका ब्यापारी भने नाराजुलुससहित सडकमै निस्केका छन् । प्रहरीले हस्तक्षेप गर्ने देखेर ब्यापारीहरु नाराजुलुस सहित पसल खोल्न पुगेका थिए । व्यापारीको नाराजुलुस माथि प्रहरीले बल प्रयोग गरेको छ ।

बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले नारा जुलुस सहित निस्केपछि प्रहरीले पानीका फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको छ । पसल खोल्न गएका ब्यापारीलाई प्रहरीले बन्द गर्न आग्रह गरेको थियो ।

तर सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको आग्रह नमानेर ब्यापारीले नाराजुलुस गर्न थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘केही ब्यापारीलाई पक्राउ गरिएको जनाएका छन् ।

उनले पक्राउ परेका ब्यापारीको नाम भने खुलाउन चाहेनन् । लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि हुलहुज्जत र प्रदर्शनमा उत्रिए पछि प्रहरीले बल प्रयोग गरेको उनको भनाई छ । केही दिनयता लामो समयसम्म लकडाउन कायम भएकाले दैनिक जीवनयापन गर्न नै कठिन भएको भन्दै व्यापारीहरुले स्वतस्स्फुर्त रुपमा पसलहरु खोल्न थालेका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!