Wednesday, December 8, 2021
Home > समाचार > कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

अर्घाखाँची — कोरोना संक्रमित पुष्टि भएका ५जनालाई खाँचीकोटबाट सन्धिखर्क आइसोलेसनमाल्याउँदै गर्दा हिडिडाँडास्थित फर्जेङ खोलामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । खाँचीकोटको आदर्श माविबाट सदरमुकामतर्फ आउँदै गरेको लु १ ज ३५३५ नम्बरको एम्बुलेन्स ओरालो झर्दा चिप्लिएर सडकबाट खसेर घरमा अड्किएको थियो ।

घाइतेमध्ये ३ जनाको अवस्था सामान्य छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।भारतबाट स्वदेश आएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।

बुटवल — प्रदेश ५ मा कोरोना संक्रमितको संख्या एक हजार १ सय १७ पुगेको छ सोमबार मात्रै प्रदेशमा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।जसमा अर्घाखाँचीमा मात्रै ३१ जना थपिएका हुन् । कोरोनाका कारण प्रदेशमा ५ जनाको मृत्यु भएको छ । ४ जनाको चिन्ताजनक छ उनीहरुको आईसीयूमा उपचार भइरहेको छ ।

प्रदेशका १२ वटै जिल्लाहरुमा कोरोना फैलिएको छ अहिलेसम्म सबैभन्दा धेरै कपिलवस्तुमा संक्रमण देखिएको छ । सोमबार साँझसम्म त्यहाँ ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २ सय ७१ र रुपन्देहीमा १ सय ३७ जनामा संक्रमण देखिएको छ ।दाडमा ८०, बर्दियामा ६०,अर्घाखाँचीमा ३६, नवलपरासी पश्चिममा २१, प्युठानमा १२, पाल्पामा ९, गुल्मीमा ७, रोल्पामा र रुकुमपूर्वमा ३ / ३ जनामा कोरोना पेजिटिभ देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार यहाँ अहिलेसम्म २३ हजार एक सय ३३ वटा स्वाब संकलन गरिएको छ । त्यसमध्ये ५ हजार ८ सय ७६ जनाको नतिजा आउन बाँकी छ ।प्रदेशमा ३ वटा प्रयोगशाला छन् । जसमा दाडको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ६ सय ७५ वटा स्वाब परीक्षणको पर्खाइमा छन् । रुपन्देहीमा रहेको प्रदेश प्रयोगशालामा एक हजार ३ सय ९२ र भेरी अस्पतालमा ७ सय ७ वटा स्वाब परीक्षण हुन बाँकी छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि १ हजार १ सय २ स्वाब पठाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!