Sunday, November 28, 2021
Home > जीवनशैली > सबैकाे मन जितेर आफैलाई जित्न सकिनन् महिला विकास निरिक्षक बिन्दु कुँवर!

सबैकाे मन जितेर आफैलाई जित्न सकिनन् महिला विकास निरिक्षक बिन्दु कुँवर!

नेपालगञ्ज ।

बिगत लामो समयदेखि क्यान्सर जस्तो रोगसंग लडिरहेकी महिला विकास निरिक्षक बिन्दु कुँवरले अन्ततः हार मानिन् र सदाकालागी यो संसारबाटै आँखा चिम्लिएर गईन् । उनी विगत ४ वर्षदेखि क्यान्सरको उपचारमा थिईन् । उपचारकै क्रममा उनको आईतबार बानेश्वर स्थित आफ्नै नीजी निवासमा निधन भएको हो ।

उनको निधनले यतिबेला उनको परिवारसंगै लामो समय बाँकेमा बसेर काम गरेको हुनाले विशेषगरी बाँकेबासी शोकमा डुबेका छन् । उनको निधनको खबरलाई धेरैले यतिबेला सामाजिक सञ्जालहरुमा पोष्ट गरेर दुःख मनाईरहेका छन् । त्यसरी दुःख मनाउनेहरुमध्ये बासका कार्यकारी निर्देशक नमस्कार शाहले पनि आफ्नो फेसबुक वालमा उनै मृतक बिन्दु कुँवरलाई सम्झिएर लामो स्टेटस् लेखेका छन् ।

निर्देशक शाहले निकै नै भावुक भएर लेखेका छन्, सबैको मन जितन् सफल बिन्दु कुँवरले क्यान्सरलाई जित्न सकिनन् । क्यान्सर विरुद्ध लामोसमयदेखि लडिरहेकी प्रिय बिन्दुलाई अन्ततः त्यही रोगले लगेर नै छाड्यो । उनी बिन्दुको निधनको खबरले आफुलाई निकै नै मर्माहत र स्तब्ध बनाएको पनि बताउँछन् ।

निर्देशक शाहले मृतक बिन्दु महिला तथा बालबालिका कार्यलय बाँकेमा कार्यरत हुँदा होस् वा जुम्ला र काठमाण्डौमा कार्यरत हुँदा होस् उनले महिला तथा बालबालिकाको संरक्षण र सिंगो सामाजिक रुपान्तरणकालागी पुर्याएको योगदानको प्रशंसा गरेका छन् । शाह लेख्छन्, बिन्दुको काम र कार्य कुशलताको जति नै प्रशंसा गरेपनि कम हुन्छ ।

स्वभावले हक्कि बिन्दुले आफुसंगै सबैको मन पनि जितेर गईन् । निर्देशक शाहको फेसबुक स्टेटस्मा लेखिएको छ, उच्च मनोवलकी धनी कुवँरलाई बचाउने हामी सबैको प्रयास सफल हुन सकेन । सधैं सम्झिरहनेछौं भाउजु बिन्दु कुवँर । हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदना ।

नमस्कार शाहकाे फेसबुकबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!