Sunday, November 28, 2021
Home > समाचार > गएरातिको भीषण वर्षाले काठमाण्डौमा डुबान

गएरातिको भीषण वर्षाले काठमाण्डौमा डुबान

काठमाण्डौ ।

आइतबार राति काडमाण्डाैमा आएकाे भीषण वर्षाले काठमाण्डौका केही बस्ती डुबानमा परेको छ । अचानाक परेकाे मसलधारे पानीले यसरी राजधानीबासीकाे निन्द्रा खलबलाएकाे थियो ।

वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती जलमग्न भएका हुन् । बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्ती पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

राती झण्डै एक घण्टा भीषण वर्षा हुँदा नदी र खोलामा बाढी आएको हो । त्यस्तै राजधानीकै केहि स्थानमा भने बिहानसम्म नै पानी परिरहेकाे थियो ।


सोमबार बिहानै वर्षा रोकिएपछि नदी/खोलामा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ । तर यो भने राजधानीबासीका लागि पहिलो पटक घटेका कुनै आश्चर्यजनक घटना भने होइन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!