Thursday, December 9, 2021
Home > भिडियो > भारतीय नागरिक नेपालको साँसद: प्रमाण सहित हेमन्त सेढाई पहिलो पटक मिडियामा (भिडियो)

भारतीय नागरिक नेपालको साँसद: प्रमाण सहित हेमन्त सेढाई पहिलो पटक मिडियामा (भिडियो)

काठमाण्डाैं ।

यतिबेला नेपालमा भारतीय चेलीकाे दादागिरी र दोहाेरी नागरिकताधारी साँसदकाे बिषयमा चर्काचर्की बहस शुरू भएकाे छ । केहि दिन अगाडि नेपालकाे लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई नेपालले आफ्नो नक्शामा राखेर अपडेट गरेकाे थियो ।

यसै बिषयमा बोल्ने क्रममा मधेश केन्द्रित नेतृ माननिय सरिता गिरीले उक्त नक्शा बनाउन भारतसँग सोध्नु पर्छ भनेपछि नेकपाकि माननिय साँसद गँगा चाैधरीले उक्त कुराकाे खण्डन गर्दै भारतीय चेलीले नेपालकाे संसदमा यस्तो कुरा गरेपछि यो भारतीय दादागिरी भएकाे बताएकि थिइन ।

उक्त कुरा जब सरिता गिरीले पुनः संसदमा यो अपहेलित बक्तव्य भएकाे भन्दै सँसद रेकर्डबाट हटाउन र गँगा चाैधरीलाई कारवाही गर्न माग गरेपछि यो कुराले नेपालमा चर्चा पाएकाे थियो ।

यसै क्रममा गँगा चोधरीले कतिपय भारतीय नागरिकताधारी सँसदहरू नेपालकाे समेत नागरिकता लिएर सँसद बन्ने र नेपालीकाे अस्मितामाथि बारम्बार प्रहार गर्ने गरेपछि दोहाेरो नागरिक्ताका छानवीन हुन पर्ने कुरा बताएकि थिइन ।

यसै बिषयमा लिएर राजनैतिक विश्लेषक तथा सिमा विश्लेषक हेमन्त सेढाईले नेपालमा नागरिकता लिएर संसदमा सँसदसम्म बनेकाहरू कुन कुन हुन्? सबै सँसदहरूकाे नामावली सहित बिस्तृत रूपमा भारतकाे स्थान, तिनपुस्ते सहित भिडियोमा सार्वजनिक गरेका छन् ।

भिडियो हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!