Sunday, November 28, 2021
Home > अन्तराष्ट्रिय > भारतसँगको वि’वादबीच चीनद्वारा सीमानामा तैनाथ हुने ह’तियारसहित सैन्य अभ्यास (भिडियो सहित)

भारतसँगको वि’वादबीच चीनद्वारा सीमानामा तैनाथ हुने ह’तियारसहित सैन्य अभ्यास (भिडियो सहित)

एजेन्सी।

चिनियाँ जनमुक्ति सेनाले आइतबार हुपेइ प्रान्तमा सैन्य अभ्यास गरेको छ।भारतसँगको सीमा वि’वाद सतहमा आएका बेला चीनले सीमानामा तैनाथ हुने ह’ति’यारहरु सहित आइतबार सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ।

हुपेइको उच्च पहाडी क्षेत्रमा अत्याधुनिक हतियारसहित चिनियाँ सेनाले शक्ति प्रदर्शन गरेको उल्लेख गरिएको छ। उक्त पहाडी क्षेत्रमा चिनियाँ सेनाले हतियारसहितको ट्रक लगेका थिए। सैन्य अभ्यासका क्रममा बोर्डर डिफेन्स आर्मरको पनि प्रयोग गरिएको थियो।

एकदेखि दुई घण्टा भित्र सैन्य अभ्यास सम्पन्न भएको थियो। हुपेइ प्रान्त कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित चिनियाँ क्षेत्र हो। यस प्रान्त भारतसँग जोडिएको छैन। पछिल्लो सयम लद्दाख नजिकका क्षेत्रमा चिनियाँ र भारतीय सेनाहरुको गतिविधि बढ्न थालेको छ।

दुवै देशका सेनाहरु विवादित क्षेत्रमा आमने सामने हुँदा तनावको स्थिती उत्पन्न भएको छ। निबार मात्र चीन र भारतका सेनाबीच लद्दाख नजिकका क्षेत्रमा जारी सीमा विवादको विषयमा छलफल भएको थियो। दुवै देश सीमामा जारी वि’वाद अन्त्यको पक्षमा देखिएका छन्।

भिडियो हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!