Sunday, November 28, 2021
Home > धर्म सँस्कृति > उग्रचण्डी भगवतीकाे मुर्तिको शिलामा पसिना आएपछि कुनै न कुनै अनिष्ट हुन्छ (भिडियो सहित)

उग्रचण्डी भगवतीकाे मुर्तिको शिलामा पसिना आएपछि कुनै न कुनै अनिष्ट हुन्छ (भिडियो सहित)

काठमाण्डाैं ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्वर ४ स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिरमा रहेको भगवतीको मुर्तिको शिलाबाट पसिना आउन थालेको छ । विहान ७ बजे मान्छे रोएको जस्तो आवाज सुनिए लगत्तै पसिना आउन थालेको भए पनि पुजारीहरुले ९ बजे मात्रै थाहा पाएको पुजारीहरुका अध्यक्ष सिद्धीबहादुर कर्माचार्यले बताउनु भयो ।

भगवतीको मूर्तिको शिलाबाट र’गत र पसिना आएको एक सय ९४ वर्षपछि २०७१ कार्तिक १५ गते पुनः पसिना आएको थियो । त्यसको पाँच वर्ष पछि २०७७ जेष्ठ २१ गते बुधबार विहान देखि मन्दिरको शिलाबाट पसिना बग्न थालेको हो । मन्दिर व्यवस्थापन समिति तथा मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यका अनुसार भगवतीको मन्दिरको शिलाबाट पसिना बग्न थाले पछि स्थानीयहरुको चासो र त्रास बढेको छ ।

‘भगवतीको शिलामा पसिना बगेपछि अनिष्ट हुन्छ भन्ने संकेत हो’– पुजारी कर्माचार्यले भन्नुभयो–‘२०७१ साल कार्तिक १५ गते शनिबार आएको पसिना पछि २०७२ बैशाख १२ गते भुकम्प गयो । क्षमापूजा गरिएकाले नाला क्षेत्रमा ठुलो जनधनको क्षति हुन पाएन ।

२०७१ सालमा भगवतीलाई पसिना आएपछि त्रसित बनेको मन्दिर व्यवस्थापन समिति तथा पुजारीहरूले पुराना दस्तावेज खोजेर क्षमापूजा गरेका थिए । १८७७ साल तथा पुस ४ गते शनिबारको दिन भगवतीको मूर्तिमाथिबाट र’गत खसेर भगवतीको ढाडमा परेको थियो । सोही वर्ष माघ ३० गते पनि शरीरको बीच भागबाट र’गत आएको थियो । यसरी भगवतीको शरीरबाट र’गत बगेपछि तत्कालीन अवस्थामा हैजा लागेर धेरै नालावासीको मृ’त्यु भएको स्थानीयवासी बताउँछन् । हैजा लागेर धेरैको मृ’त्यु भएपछि जप गरी भगवतीको जात्रा गरिएको थियो ।

भगवतीलाई पसिना आएपछि हुन सक्ने अनिष्टबाट जोगाउनका लागि राज्यस्तरबाट नै ठूलो खालको पूजाआजा गर्नुपर्ने इतिहास तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरले बताउनु भयो । भगवतीको मूर्तिको शिलाबाट पसिना आएपछि त्रसित बनेका स्थानीयवासी देशमा कुनै अनिष्ट नहोस भनेर स्थानियबासीहरूले पुजा अर्चना गरिरहेका छन् ।

देशमा कुनै अनिष्ट हुनु अघि पूर्व संकेतका रुपमा भगवती माईको सिलामा पसिना आउने गरेको किंबतन्ती छ । भगवती माईको शिलामा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पुजा गर्ने बताइएको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!