Thursday, December 9, 2021
Home > समाचार > ‘अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको अन्ततः कोरोनाबाटै निधन…

‘अण्डरवर्ल्ड डन’ दाउद इब्राहिमको अन्ततः कोरोनाबाटै निधन…

एजेन्सी ।

भारतमा फैलिएको कोरोनाका कारण एक अण्डरवल्र्ड ड’नको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतस्थित मुम्बई ह’मलाका मुख्य योजनाकार मानिएका ‘अण्डरवर्ल्ड ड’न’ दाउद ईब्राहिमको कोरोनाका कारण निधन भएको भारतीय सञ्चार माध्यमले दावी गरेका छन् ।

सो समाचार अहिले भारतमा भाइरल भइरहेको छ । तर त्यसको आधिकारीकता पुष्टि हुने कुनै आधार भने फेला परेको छैन । सञ्चार माध्यमका यस्तो खबर आइरहँदा उनका भाईले भने त्यो समाचारको खण्डन गरेका छन् । उनका भाई अनिश इब्राहिले दाउद इब्राहिम सहित परिवारका कुनै पनि सदस्यमा कोरोना नभएको दावी गर्दै समाचारको खण्डन गरेका हुन् ।

तर उनको परिवारका सदस्य कोरोना संक्रमित भएको भन्दै शुक्रवार नै समाचार वाहिरिएको थियो । इब्राहिम दम्पत्ती नै कोरोना संक्रमित भएको दावी समाचारमा गरिएको थियो । भारतका हिन्दी तथा थुप्रै अंग्रेजी अनलाईनहरु,भारतीय टेलिभिजनहरु,पाकिस्तानी टेलिभिजनहरु लगायत सामाजिक सञ्जालमा पनि यतिबेला यो खबरले निक्कै धेरै स्थान पाएको छ ।

कोरोना संक्रमित भए लगत्तै दाउद दम्पतीलाई पाकिस्तानको कराँचीस्थित आर्मी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको बताइको थियो । सन् १९९३ मा भएको मुम्बई ह’मलाका मुख्य योजनाकार रहेको भन्दै भारतले उनलाई सन् २००३ मा ग्लोबल टे’रेरिस्ट घोषणा गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!