Thursday, December 9, 2021
Home > समाचार > आज फेरि एकैपटक थपिए ३२३ जना संक्रमित, ३ हजार नाघ्याे

आज फेरि एकैपटक थपिए ३२३ जना संक्रमित, ३ हजार नाघ्याे

काठमाडौं –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ३ हजार २ सय ३५ जना पुगेकाे छ ।

जसमध्ये ३००३ जना पुरूष र २३२ जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

ती मध्ये २८६ जना पुरूष र ३७ जना महिला रहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!