Sunday, November 28, 2021
Home > भिडियो > अँगिकृत नागरिकता लिनेहरूकाे साँसद पद हटाउनुपर्छः साँसद चाैधरी (भिडियो सहित)

अँगिकृत नागरिकता लिनेहरूकाे साँसद पद हटाउनुपर्छः साँसद चाैधरी (भिडियो सहित)

काठमाणडाैं ।

पछिल्लो समय नेपालको संसद भवनमा राष्ट्रियाताको विषयलाई लिएर सांसदहरुबीच निकै नै चर्काचर्की भएको छ । नेकपा सांसद गंगा चौधरी र संघिय समाजबादीकी सांसद सरिता गिरीबीचको विवाद यतिखेर उत्कर्षमा पुगेको छ ।

जेठ १९ गते प्रतिनीधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागीरी बढ्दै गईरहेको बताएकी थिईन् ।

उनको अभिव्यक्तिमा आपत्ति जनाउँदै भारतीय चेलीको उपनाम पाएकी सांसद गिरीले सांसद चौधरीलाई गैर जिम्मेवारपुर्ण अभिव्यक्ति दिएकोमा माफि माग्नु पर्ने सभामुखसंग माग गरेकी थिईन् । साथै उनले भारतीय चेली नेपालको कानुन अनुसार नै संसदमा आएको पनि बताएकी थिईन् ।

सांसद गिरीसंगै संसद भवनमा अर्की सांसद अमृतादेवी अग्रहरीले पनि भारतीय चेली भनिएको विषयमा रोस प्रकट गरेकी थिईन् । सांसद चौधरीलाई माफि मगाईनु पर्छ भन्ने सांसद गिरीको अभिव्यक्तिले नै पछिल्लो समय मिडिया तताएको छ । र यो एउटा बहसको विषय नै बन्न पुगेको छ ।

यस विषयमा देश विदेशमा रहेका नेपाली जनताहरुले सांसद चौधरीको समर्थनमा आफ्ना सकारात्मक धारणाहरु पनि सार्वजनिक गरिरहेका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!