Sunday, November 28, 2021
Home > प्रवास > यसकारण रोकियो यूएईबाट नेपालीको उद्धार गरि ल्याउने तयारीकाे पहिलो उडान

यसकारण रोकियो यूएईबाट नेपालीको उद्धार गरि ल्याउने तयारीकाे पहिलो उडान

काठमाडौँ ।

यूएई बिमानस्थल

नेपालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी सुरु गरेको छ । शुक्रवार संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपालीको उद्धार गरी ल्याउने तयारी सरकारले गरेको थियो । तर पहिलो प्रयास नै रोकिएको छ । नेपालीलाई उद्दार गरेर ल्याउने भनिएको पहिलो उडान नै रोकिएको छ ।

१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी गरेर युएइलाई जानकारी गराइएको थियो । तर युएईले त्यसका बारेमा सकारात्मक प्रतिकृया नदिएका कारण पहिलो उडान रोकिएको छ । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएका छन् ।

युएइले आफ्नै तर्फवाट नेपालीलाई स्वदेश फर्काउनका लागि नेपालसंग अनुमति माग गरेको थियो । परराष्ट्र मन्त्रालयले त्यसका लागि अनुमति दिएको थियो । तर आज शुक्रवार युएइमा विदाको दिन परेका ारण पनि आजको प्रयास सफल हुन सकेन ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो । पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यूएईमा शुक्रबार बिदा परेकाले सबै सरकारी कार्यालय बन्द रहेको र केही प्राविधिक कुरा मिलाएपछि उडानबारे टुंगो लाग्न नसकेको हो ।

दूतावासले उडानको अनुमति पाएलगत्तै प्राथमिकतामा परेकालाई जानकारी दिने तयारी गरेको थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!