Thursday, December 9, 2021
Home > भिडियो > धरानको एक घरमा आगलागी हुँदा, आमा छोरीको निधन ! (भिडियो सहित)

धरानको एक घरमा आगलागी हुँदा, आमा छोरीको निधन ! (भिडियो सहित)

धरान ।

सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित स्विमिङ पुल नजिक रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा आमा छोरीको निधन भएको छ। धरान १५ सिद्धकाली चोकको नौलो पथस्थित नरबहादुर श्रेष्ठको घरमा हालै भएको आगलागीमा परेर श्रेष्ठको आमा र बहिनीको ज्यान गएको हो ।

प्रत्यक्षदर्शीका अनुसार श्रेष्ठको ८७ वर्षीया आमा र सुस्त मनस्थितिकी ५७ वर्षीया बहिनीको जलेर निधन भएको हो । निधन हुनेमा धनमाया श्रेष्ठ र सीता श्रेष्ठको जलेर निधन भएको हो तर इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले ‘डेड बडी’ देखिएको भए पनि आगो पूर्ण नियन्त्रणमा आएपछि हेरिने बताए ।

नरबहादुरको दुई तले काठको घरमा आगो लागेपछि धनमाया अशक्त छोरीलाई बचाउनका लागि घरभित्र पसेकी थिइन्। उनले हाल आगो नियन्त्रणमा आइसके पनि वस्तुस्थिति विवरण लिने कार्य भइरहेको बताए ।

माथिल्लो तला काठले बनेका कारण पूर्ण रूपमा जलेको थियो । धरानका दुई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसके पछि मात्रै उनीहरूको जलेर निधन भएको पुष्टि भएको छ । स्थानीयले ग्यासको सिलिण्डर ठूलो आवाजमा प’ड्केको सुनेका थिए ।

तर, प्रहरीले भने विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरेको छ । नरबहादुर भने उक्त घरमा नबसी नयाँ घरमा सरेका थिए । आमा र बहिनीमात्रै घरमा बस्दै आएका थिए । छोरासमेत धनकुटा गएकाले घरमा वृद्धा आमा र बहिनी मात्रै रहेका थिए । आगालागीबाट के कति क्षति भएको हो भन्ने विषयमा यकिन विवरण आउन सकेको छैन ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!