Sunday, November 28, 2021
Home > समाचार > खुशीकाे खबरः २ सैनिकसहित ५ जनाले जिते कोरोना, आजै अस्पतालबाट डिस्चार्ज

खुशीकाे खबरः २ सैनिकसहित ५ जनाले जिते कोरोना, आजै अस्पतालबाट डिस्चार्ज

काठमाडौं।

नेपालमा थप ५ जनाले कोरोनाभाइरसलाई जितेका छन् । कोरोना जित्ने ५ जना बारा र पर्साका रहेका छन् । २ सैनिकसहित ५ जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन।

डिस्चार्ज हुनेमा बाराको कलैयामा कार्यरत ३५ र ३६ वर्षीय २ सैनिक रहेका छन् त्यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरूष र वडा नम्बर १६ का ७० वर्षीय पुरूष रहेका छन्।

उनीहरु पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचारपछि निको भई डिस्चार्ज भएका हुन।

यतिबेला भारतीय भूमिमा श्रम बेचेर गुजारा चलाउने नेपालीहरू नेपाली सिमानामा अलपत्र परेकाहरूलाइ उचित व्यवस्थापन सहित घर पुर्याउने पहलकै कारण केहिदिन यता संक्रमित बढिरहेकाे समेत जानकारी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!