Thursday, December 9, 2021
Home > समाचार > नेपालका प्रम ओलीकाे बयानलाई खिल्ली सम्झिने भारतिय मिडिया सुन, साँच्चिकै भारतकाे कोरोना कडा भएकाे बैज्ञानिककाे पुष्टि!

नेपालका प्रम ओलीकाे बयानलाई खिल्ली सम्झिने भारतिय मिडिया सुन, साँच्चिकै भारतकाे कोरोना कडा भएकाे बैज्ञानिककाे पुष्टि!

एजेन्सी।

सीमा विवादसँगै भारतीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको एक बयानलाई लिएर निकैं दुःख व्यक्त गरेका थिए । जेठको पहिलो साता कोरोना भाइरसका बारेमा प्रधानमन्त्री ओलीले संसदमा चीन र इटलीको भन्दा भारतबाट कडा खालको भाइरस आयो भन्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको थियो । भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन हरेक प्रयत्न गरेका थिए ।

भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए । उनीहरुले प्रधानमन्त्री ओलीको उक्त भनाइ भारतलाई अपमानित गर्न, आलोचना गर्नमात्र केन्द्रित रहेको निश्कर्ष निकाले । तर अहिले तिनै भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको कुरामा सहमति जनाउँन थालेका छन् । वास्तवमा भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् ।

हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ । भारतको चर्चित मिडिया जी न्युजका कारण वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए–आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ ।

सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ । भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । सीसीएमबी वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद (सीएसआर) अन्तर्गत आउँछ । यस भाइरसको अनुसन्धानले पत्ता लगाएको छ कि फेब्रुअरीमा भाइरसको एक साधारण पुर्खा थियो । सीसीएमबीका निर्देशक र अनुसन्धान पत्रका सह–लेखक राकेश मिश्रले भने, ‘तेलंगाना र तमिलनाडुबाट लिइएको अधिकतम नमूनाहरू क्लैड ए३आई जस्तै हो ।’

उनले भने, ‘धेरै जसो नमूनाहरू कोभिड–१९ को प्रसार भारतमा शुरुको दिनको हुन् । दिल्लीमा देखिएका नमूनाहरूसँग केही समानता छ, तर महाराष्ट्र र गुजरातमा नमूनाहरूसँग कुनै समानता छैन । यस प्रकारको कोरोना भाइरस सिंगापुर र फिलिपिन्समा पत्ता लागेको अवस्थामा मिल्दोजुल्दो छ ।’ उनले थप भने, ‘आगामी दिनहरूमा अझ धेरै नमूनाहरूको जीनोम अनुक्रम तयार हुनेछ र यसले यस विषयमा अझ बढी जानकारी लिन मद्दत गर्दछ ।’ साथै, यो पनि भनिएको छ कि भारतमा यो पहिलो व्यापक अध्ययन हो जुन सार्स–सीओवी२ को बिभिन्न र धेरै ठुलो उपलब्ध समुहमाथि अनुसन्धान हुँदैछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!