Thursday, December 9, 2021
Home > अन्तराष्ट्रिय > अमेरिकामा कर्फ्यूले छेकेन अश्वेतहरूकाे आन्दोलनलाई, एकहप्तादेखि सडकमै!

अमेरिकामा कर्फ्यूले छेकेन अश्वेतहरूकाे आन्दोलनलाई, एकहप्तादेखि सडकमै!

एजेन्सी ।

प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृ त्यु भएपछि अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै जारी प्रदर्शनले एक साता नाघेको छ । प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका कम्तिमा २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको छ ।


अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै तथा कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।

वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालनको चेतावनी दिएका छन् तर पनि प्रदर्शन रोकिएको छैन । फ्लोइड ह’त्याको बिरोधमा अमेरिकाबाहिर पनि प्रदर्शनहरू भएका छन् ।

गएको सोमबार (मे २५ मा) डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ। फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले घाटी र ढाडमा थिचेर अक्सिजन अभावले भएको दावी गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!