Thursday, December 9, 2021
Home > भिडियो > जाजरकोट घटनामा प्रहरी प्रमुखले मुख खोले, घटनाको कारण यस्तो रहेछ (भिडियो हेर्नुस्)

जाजरकोट घटनामा प्रहरी प्रमुखले मुख खोले, घटनाको कारण यस्तो रहेछ (भिडियो हेर्नुस्)

काठमाडौं ।

रुकुम-जाजरकोट घटनाका विषयमा पहिलो पटक प्रहरीले आफ्नो कुरा सार्वजनिक गरेको छ । जजारकोटका डिएसपी किशोर कुमार श्रेष्ठले सो घटनामा अहिले सम्म के भएको छ भन्ने विषयमा केही कुरा खुलाएका छन् । उनले सामाजिक सञ्जालमा आएका मनगढन्ते कुराहरुप्रति भने गुनासो गरेका छन् । नवराज विकको परिवारका सदस्य र उनको प्रेमिका भनिएकी युवतीका परिवारका सदस्यसंग कुरा गरेर आफुखुसी समाचार बनाइएका छन् ।

प्रहरीले यो घटना केटी भगाउने विषयमा भएको परिस्कृत रुप भएको बताएको छ । प्रहरीले स्थानियले ति युवकलाई कु ट पि ट भएको बताएका छन् । स्थानियले ल खे टेर लैजाँदा, केहीलाई कु टिए को, केही आफै नदिमा हा म फालेको अवस्था देखिएको प्रहरीले जनाएको छ । यो विषयमा सम्बन्धित पक्षवाट जाहेरी आइसकेको, सबै मृ तक को पोष्टमार्टम भएको र घटनाको अनुसन्धान सुरु भइसकेको प्रहरी डिएसपी श्रेष्ठले बताएका छन् ।

केटाकेटी आफुखुसी गरेको निर्णय नै समस्या भएको प्रहरीको भनाई छ । अभिभावकको निर्णय विना उमेर नपुगे आफुखुसी निर्णय गर्दा यति ठूलो समस्या निम्तिएको प्रहरीले प्रारम्भिक प्रतिकृया दिएको छ । सो घटनाका बारेमा विभिन्न कुराहरु वाहिर आएका छन् ।

नवराज विकले आफ्नो प्रमिका भगाएर ल्याउन आफ्ना साथी जम्मा गरेर केटीको घरतिर गएको देखिन्छ, प्रहरीले भनेका छन्, ‘केटीको घर पुगेपछि केटीको आमाले गा ली गलौ ज गरेपछि फर्किएका युवाहरुलाई स्थानिले ल खे ट्दै जाँदा उनीहरु भा ग्दै गएर नदि छेउ पुगेका छन् । सो क्रममा केहीलाई कु ट पि ट भएको छ । कतिपय केटाहरु आफु जोगिन नदिमा पसेका छन् । कति नदि पार भए कति पार हुन नसकेको देखिन्छ ।’

उनीहरु एकै ठाउँवाट जम्मा भएको नभई बिच बिचमा जम्मा भएर गएका कारण प्रहरीले बाटोमा नदेखेको बताए । ‘नवराजले साथीलाई फोन गरेर बोलाएका कारण एक्ला एक्लै केटाहरु रुकुम नजिकै जम्मा भएको देखिन्छ’, उनले भने, त्यसैले प्रहरीले देखेन ।

बाहिरी कुरामा विश्वास नगर्न प्रहरी डिएसपीले भने, प्रहरी घटनास्थलमा पुग्दा शव हात बाँधिएको अवस्थामा नभएको बताएका छन् । पि टेर ह त्या गरिएको हो वा कसरी निधन भयो भन्ने विषयमा अनुसन्धान पछि मात्रै खुल्ने बताए । सबैको पोष्टमार्टम रिपोर्ट नआएका कारण घटनाका विषयमा त्यसै भन्न नमिल्ने बताए । सर्वसाधारणले अनुमान गरेका आधारमा प्रहरीले बोल्न नमिल्ने भन्दै उनले पोष्टमार्टम रिपोर्टका आधारमा मात्र अनुसन्धानलाई अघि बढाउने बताए ।

उनले घटनाको हरेक एंगलवाट अनुसन्धान भइरहेका कारण अन्दाजका भरमा केही भन्न नमिल्ने बताए । उनले सिआइवी, गृहमन्त्रालयको सहसचिव स्तरीय टोली र स्थानिय प्रहरीले छुट्टा छुट्टै अनुसन्धान गरिएको बताएका छन् । उनले अहिले सम्म घटनामा संलग्न भएको अभियोगमा १८ जना पक्राउ परेको र थप २ जना फ रार रहेको बताएका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!