Thursday, December 9, 2021
Home > समाचार > एकैदिन २८८ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या २ हजार नाघ्यो

एकैदिन २८८ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडाैं, २० जेठ ।


पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यतिबेला नेपालमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दो देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा १ सय ५९ जना पुरुष र १५० जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

नेपालमा लकडाउनका बावजुद पनि बिशेष भारतमा अलपत्र परेका नेपालीहरूलाइ भित्र्याइपछि यस्तो अवस्था आएकाे भन्दा अतिसयोक्ति नहाेला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!