Thursday, December 9, 2021
Home > समाचार > बाँके दुर्घटनाले दिएकाे पीडाः एउटा परिवारकाे बंश नै सकियो

बाँके दुर्घटनाले दिएकाे पीडाः एउटा परिवारकाे बंश नै सकियो

नेपालगञ्ज ।

सोमबार बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निवासी ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी २७ वर्षीया पत्नी सीता पुन र उनीहरुका १० वर्षका एक्ला छोरा हिमान्सु पुनको मृत्यु भएको हो ।

शान्तिनगर–३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको वंश नै नाश हुने गरी भएको दुःखद घटनाले गाउँ नै शोकमा डुबेको बताए । रोजगारीको खोजीको लागि डेढ वर्षअघि उनीहरु स–परिवार चन्दिगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतबार राति नेपालगञ्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए ।

तर, उनीहरु फर्किरहेको गाडी पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा रोकिराखेको ट्रकसँग ठोक्किन पुग्यो ।ना५ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भारतबाट आएकाहरुलाई नेपालगञ्जको सीमा नाका जमुनाहबाट ल्याएर उक्त फोर्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!