Thursday, December 9, 2021
Home > जीवनशैली > खुशीकाे खबरः नेपालमै पहिलो रेकर्ड – कोरोनालाई जितेर तीन दिनमै डिस्चार्ज भइन् हेटौडाकी ग’र्भवती

खुशीकाे खबरः नेपालमै पहिलो रेकर्ड – कोरोनालाई जितेर तीन दिनमै डिस्चार्ज भइन् हेटौडाकी ग’र्भवती

हेटौडा ।

कोरोना भाइरसबाट संक्रमित भएकी मकवानपुर, हेटौडाकी २५ वर्षकी ग’र्भवती महिला तेस्रो दिनमा नै अस्पतालबाट डि’स्चार्ज भएकी छिन् । हेटौडा १,चोकीटोल की महिलालाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पछि भरतपुर अस्पतालको आइसोलेसनमा भ’र्ना भएकी गर्भवतीको ३ दिनमा नै रिपोर्ट नेगेटिभ आएपछि डि’स्चार्ज भएकी हुन् ।

संक्रमित मध्ये सबैभन्दा छिटो डिस्चार्ज भएकी उनी पहिलो व्यक्ति हुन् । उनले क’हिकतै नगएको र नयाँ व्यक्तिसंग पनि सम्पर्क न’रहेकोबेलामा आफुलाई संक्रमण भयो भन्दा आ’श्चर्यमा परेको बताइन् ।

उनले संक्रमण कहाँ र कसरी हुने थाहा नै नहुने रहेछ भन्दै उच्च सा’वधानी अपनाउन सबैलाई आ’ग्रह गरिन् ।त्यस्तै डडेल्धुराका कोरोना सं’क्रमित युवकले कोरोनालाई जि’तेर घर फर्किएका छन् ।

प’रशुराम नगरपालिका–१० का २८ वर्षीय युवकले १० दिनमै को’रोना जि’तेका हुन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई सोमबार दिउँसो डि’स्चार्ज गरिएको डडेल्धुरा अस्पतालका नि’मित्त मेडिकल सु’परिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले उनलाई पुष्पगुच्छा दिएर बि’दाइ गरेका हुन्। उनलाई दुई साता अ’लग्गै बस्न डा विष्टले सु’झाव दिएका छन्। जिल्ला सदरमुकाममा बस्दै आएका उनी अस्पतालको एम्बुलेन्समाफर्त परशुराम नगरपालिका–१० मा रहेका घर गएका छन्।

सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आ’इसोलेसनमा उपचाररत ती युवकले १० दिनमै कोरोना ’जितेका हुन्। उनको आन्तरिक ‘ट्राभल हि’स्ट्री’ मात्रै रहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!