Thursday, December 9, 2021
Home > समाचार > हेटाैडाकि निगुरोवाली, कमाण्डरकाे न्यायिक मनकाे प्रयोग भन्दै फेसबुकमा हालेपछि भाइरल, हेर्नुस्

हेटाैडाकि निगुरोवाली, कमाण्डरकाे न्यायिक मनकाे प्रयोग भन्दै फेसबुकमा हालेपछि भाइरल, हेर्नुस्

लकडाउनकै बेला हेटाैडामा निगुरो बेच्ने एक चेलीकाे यस्तो अनुरोधपछि लकडाउन पालना गराउने प्रसासनकै कमाण्डरले मनकाे कुरा सुनेपछि उनि यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल बन्दै गएका छन् । सलाम छ हजुरलाइ!

न्यायिक मनको प्रयोग!
आज बिहान त्यस्तै सात बज्न लागेको थियो होला।हेटौडाको बुद्धचौक नजिक खोपेगल्ली छिर्ने बाटोमा एक जना महिला निगुरो बेच्न बसेकी थिइन्।मेरो कमाण्डमा लकडाउन पालना गराउन र खाद्यान्न बाहेकको पसल बन्द गराउनु हेटौडा बजारमा टोली परिचालन भएको थियो।केही दिन अगीबाट हेटौडा बजारमा भीडभाड बढेको जनगुनासो जो आएको थियो।जुन ठाउँमा ती महिला निगुरो बेच्न बसेकी थिइन् त्यहाँ त झन बस्न बन्देज नै थियो। मैले यहाँ बाट हट्नुहोस नभनी कनै ती महिला आँखा भरी आसु पार्दै बोलिन।

अरु ठाउँमा बीक्दैन सर।यहाँ अली-अली मान्छे आउँदा रैछन।यो निगुरो बीक्यो भने चामल किनेर लानु छ,हिजो दिनभर पूरै परिवार भएर जंगलबाट खोजेर ल्याएको! घर पनि टाढा छ।डेढ घण्टा हीडेर आएको सर।मेरो केही बेर मुख बाट आवज निस्किएन।म स्तब्ध भए।
घर,परिवारको हालखवर सोधे र नियम जो बिपरीत त थियो नै। आफ्नै न्यायिक मनको प्रयोग गरे सिपाहीलाई आँखाको इसारा दिए र फोन आएको बहाना गर्दै साइड लागे।

वहाँकाे फेसबुकबाट जस्ताकाे तस्तैः

Leave a Reply

error: Please Dont Copy My Content!! !!