Saturday, July 11, 2020
Home > प्रवास > दुःखद खबरः कोरोनाकै कारण युएईमा १८ नेपालीकाे ज्यान गयो!

दुःखद खबरः कोरोनाकै कारण युएईमा १८ नेपालीकाे ज्यान गयो!

काठमाडौं –

नेपालबाट परिवारकाे सुख र भविष्य सुनिश्चित पार्नका लागि भन्दै गएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूकाे यतिबेला युएईमा कष्टकर मात्रै नभएर दिन पनि त्रासमा कटेकाे छ ।

खाडी मुलुक यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु भएको छ । त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन ।

तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!