Thursday, December 9, 2021
Home > समाचार > बिहानै आयो दुःखद खबरः भारतबाट आएकालाई दाङ लैजाने क्रममा दुर्घटना हुँदा १२ को मृत्यु!

बिहानै आयो दुःखद खबरः भारतबाट आएकालाई दाङ लैजाने क्रममा दुर्घटना हुँदा १२ को मृत्यु!

बाँके १९ जेठ, ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृ-त्यु हुनेको संख्या १२ पुगेको छ ।राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृ-त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो । दु-र्घटनामा सवारी चालक समेत गरि जनाको १२ को मृ-त्यु भएको छ । मृतकमध्ये ११ पुरूष र १ महिला छन् ।

भारतबाट फर्किएकाहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर पठाइने गरिएकाले मृ-तक सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!