Sunday, July 11, 2021
Home > समाचार > काटिएको टाउको हातमा लिएर हिड्ने युवाको बास्तविकता यस्तो पो रहेछ !

काटिएको टाउको हातमा लिएर हिड्ने युवाको बास्तविकता यस्तो पो रहेछ !

काठमाडौ । काटिएको टाउको हातमा लिएर हिड्ने युवाको बास्तविकता यस्तो पो रहेछ !पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएसँगै बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग भइरहेको छ ।

संसदमा नै बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गर्दै सांसदहरुले भाषण गरेका छन् भने महिला अधिकारकर्मीहरुले पनि बलात्कारीहरुलाई कडाभन्दा कडा सजाय गर्न माग गरिरहेका छन् ।यसै सन्दर्भमा केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न फेसबुक ग्रुपहरुमा एउटा भिडियो भाइरल भएको छ । जसलाई तपाईंले पनि हेर्नु भएको होला । जसमा एकजना युवकले शरीरबाट छुट्टिएको टाउको हातमा बोकेर हिँडिरहेको देखिन्छ र उनी प्रहरी चौकी सम्म पुग्छन् । उनको सर्टमा रगत लतपतिएको छ ।

सामाजिक सञ्जालहरुमा आफ्नी बहिनीलाई बलात्कार गर्ने युवकलाई किशोरीको दाईले घाँटी छिनाएर सजाय दिएको र टाउको लिएर प्रहरीलाई बुझाएको भन्दै सामाजिक सञ्जालहरुमा सेयर भइरहेको छ ।यसलाई कतिपयले नेपालमा पनि भरखरै यस्तो भयो भन्दै पोस्ट गरिरहेका छन् भने कतिपयले भारतमा बलात्कारीलाई पीडितका दाइले कारवाही गरेको भन्दै प्रचार भइरहेको छ ।

भारतमा पनि हंगामा यो भिडियोले भारतमा पनि केही दिन यता यो भिडियोले हंगामा मच्चाइरहेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको छ ।

सामाजिक सञ्जालहरुमा भारतीय कांग्रेसका नेता राफिक अलीले नीलमको बलात्कार गरे र उनको भाइले राफिकको टाउको काटे भन्दै भिडियो भाइरल भइरहेको छ । यो भिडियोलाई भारतमा हजारौं मानिसले प्रतिक्रिया जनाउने र सेयर गरेका छन् । जो राजनीतिक र धार्मिक रुपमा जोडिएको छ ।

नेपालमा पनि यो तस्वीर निकै हेरिएको र सेयर भइरहेको छ । भारतमा यो विषय हिन्दू र मुस्लिमसँग पनि जोडिएको छ । कतिले एक हिन्दू युवा जसले आफ्नी आमाको बलात्कार गर्ने मुस्लिमको गला काटिदिए भनि लेखेका छन् ।

यस्तो छ वास्तविकता यो भिडियो बहिनी बलात्कारमा परेको भन्दै उनका दाइले बलात्कारीको टाउको काटेको घटनासँग जोडिएर नेपालमा चर्चा भइरहेपनि वास्तविकता भने त्यस्तो छैन ।

यो घटना भारतको कर्नाटकको मंड्या जिल्लाको हो । २९ सेप्टेम्बर(असोज १३) गते चिकाबगिलू गाउँमा बस्ने २४ वर्षीय पशुपतिको गाउँका २८ वर्षीय गिरीशसँग झगडा भयो ।

झगडामा गिरीशले पशुपतिको आमालाई फोहरी शब्द प्रयोग गरि गाली गरे । त्यसपछि पशुपतिले होस गुमाए र गिरीशको शिर काटिदिए । काटिएको शिर आफ्ना हातमा लिएर पशुपति मालावती प्रहरी चौकीसम्म पुगे ।

मालावाली प्रहरी शिवप्रकाश देवराजूले घटनाको पुष्टि गरेका छन् ।-लोकान्तर

Leave a Reply

error: Please Dont Copy My Content!! !!