Sunday, November 28, 2021
Home > समाचार > संसद बैठक आज बस्दै, के संविधान संशोधन प्रस्ताव पारित होला त!

संसद बैठक आज बस्दै, के संविधान संशोधन प्रस्ताव पारित होला त!

काठमाडौँ ।

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी भएको छ । संसदको आइतबारको सम्भावित पहिलो कार्यसूचिमा नै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने उल्लेख रहेकाले आज संसद बैठकमा संविधान संसोधन विधेयकमा छलफल हुने सम्भावना रहेको हो ।

यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल सुरु हुनेछ ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!