Sunday, November 28, 2021
Home > अन्तराष्ट्रिय > भन्दै मन्त्रीले नै ‘कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन’ भन्दै भाषण गरेपछि …

भन्दै मन्त्रीले नै ‘कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन’ भन्दै भाषण गरेपछि …

एजेन्सी ।

इन्डोनेसियाका एक मन्त्रीले दिएको एक अभिब्यक्तिका कारण उनी अहिले विवादित बनेका छन् । उनको यो भनाईको विवाद संगै चर्चा पनि भएको छ । उनले कोरोनाभाइरसलाई श्रीमतीसंग तुलना गर्दै दिएको अभिब्यक्तिे उनी विवादित बनेका हुन् ।

उनले पत्नीहरुको स्वभाव विद्रोही हुने र कोरोना भाइरस पनि त्यस्तै हो भन्दै अभिब्यक्ति दिएका थिए । ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेको सो भनाई पछि उनी अप्ठेरोमा परेका छन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् भने केहीले ट्रोल बनाइरहेका छन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत दिएको सो अभिब्यक्ति एकै छिनमा भाइरल भएको थियो ।

यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी वि’स्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । जहाँ कोरोनाभाइरसका संक्रमितको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको निधन भइसकेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!