Wednesday, December 8, 2021
Home > भिडियो > नवराजले नेपाल प्रहरीमा नाम निकालेका रहेछन तर बर्दि लगाउन पाएनन भन्दै दिदी मिडियामा (भिडियो हेर्नुस्)

नवराजले नेपाल प्रहरीमा नाम निकालेका रहेछन तर बर्दि लगाउन पाएनन भन्दै दिदी मिडियामा (भिडियो हेर्नुस्)

जाजरकाेट ।

सामाजिक सञ्जालमा अहिले नवराज विकको प्रेमीका भनिएकी युवती भन्दै एउटा अडियो सार्वजनिक भएको छ । जसमा सुरुमा एक महिला बोल्छिन्, जसमा उनी युवतीको आमा भनेर सम्बोधन गरिएको छ । फोन गर्ने ब्यक्तिले तपाईको छोरी पनि संगै छन् ? भनेर प्रश्न गर्छन, ति महिलाले संगै छ भनेर फोन दिएको बुझ्न सकिन्छ ।

नवराजको प्रेमिका भनिएकी युवती परिचय दिएर केही प्रश्न गरिएको छ । जसमा उनीहरुको प्रेम सम्बन्धका बारेमा प्रश्न गरेका छन् ।उनले जवाफमा पहिलो आफ संग संधै कुराकानी हुने, नवराजको घरमा पनि आफु गएर बसेको ति युवतीले स्वीकार गरेको सुनिन्छ । उनले भनेकी छन्, पहिलो कुराकानी हुन्थ्यो, तर गएको फागुन देखि उसंग कुरा भएको थिएन ।

मलाई राम्रो लागेन त्यही भएर छोडेको हो । हिँजो पनि म संग कुरा भएन । उ वाहिर आएको थियो भन्ने थाहा पाएकी थिए, म घरमै टिभी हेरेर बसेकी थिए । गाउँमा हल्ला भएको पनि थाहा पाए ।तर मेरो उ संग पछिल्लो समय कुनै सम्बन्ध थिएन ति युवतीले फोनमा भनेको सुनिन्छ । उनले आफु युवकको घरमा पनि गएर बसेको पनि स्वीकार गरेकी छन् ।

छोटो कुराकानीमा उनले नवराजसंग चिनजान भएको र चिनजानको क्रम फेसवुकवाट सुरु भएको वताएकी छन् । तर यो अडियोका आधिकारीकता भने छैन । वास्तवमै उनै युवती हुन् वा होइनन् त्यसको पुष्टि यो अडियोवाट गर्न सकिदैन । नवराजको प्रेमिका भनेर दावी गरिएकी युवती अहिले प्रहरी हिरासतमा छन् । यो अडियो सुन्दा घटना भएको भोलीपल्टको हो भनेर बुझ्न सकिन्छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!