Sunday, November 28, 2021
Home > अपराध > श्रीमानसंग हाँस्दै अस्पताल गएकि मिरा एकैछिनमा अस्ताइन्

श्रीमानसंग हाँस्दै अस्पताल गएकि मिरा एकैछिनमा अस्ताइन्

पोखरा, १६ जेठ ।

पोखरामा एक महिलाको अस्पतालमा निधन भएको छ । अकस्मात ढाड र पेट दुखेर अस्पताल पुगेकी उनको उपचारका क्रममा निधन भएको हो । गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी पोखरा रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको निधन भएको अस्पतालले जनाएको छ । उनको अस्पताल पुग्ने वित्तिकै निधन भएको हो ।

अस्पताल पुगेर एउटा इन्जेक्सन लगाउनासाथ उनको निधन भएपछि उनका परिवारका सदस्यले निधनमा आशंका ब्यक्त गरेका छन् । उनीहरुले अस्पतालको लापरवाहीले निधन भएको आशंका गरेका हुन् । आफ्नो स्वास्थ्य र फिटनेशमा निकै ध्यान दिने उनी बिहान मर्निङ वाक गएकी थिइन् । त्यसपछि उनले ब्याडमिन्टन पनि खेलिन् । ब्याडमिन्टन खेलेको समयमा नै उनलाई ढाड दुख्न थालेको थियो ।

चिकित्सको लापरवाहीले उनको निधन भएको आरोप परिवारले लगाएपछि हस्पिटलमा मृतकका आफन्त र प्रशासनबीच वार्ता भइरहेको छ । मृतककी पति प्रदीप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् । उनीहरुका १ छोरा र १ छोरी छन् । उनका पति प्रदिपले पीडा महशुस हुनासाथ श्रीमतीलाई अस्पताल लगेको बताउँछन् । तर अस्पतालमा लगेर एउटा इन्जेक्सन लगाउना साथ उनको जिवनमा नसोचेको घटना भयो । श्रीमतीले उनलाई संधैका लागि छोडेर गइन् ।

यो पनि हेर्नुहोस : सङ्क्रमित बढेपछि उच्च सतर्कता
बागलुङ, स्याङ्जा, नवलपुर र म्यादीमा समेत कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमित फेला परेसँगै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन शुरु गरिएको छ । प्रदेशको राजधानी पोखरासहित प्रवेशका मुख्य नाका तथा बजार क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ । हालसम्म कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । दुईजना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेसँगै प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय समितिले नाकामा कडाइ गर्ने, जारी बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तथा छिमेकी मुलुक भारतबाट आएका सबैको पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ । प्रदेशको नाकामा आइपुगेका व्यक्तिलाई सुरक्षित रुपमा सम्वन्धित जिल्लाको गाउँपालिकामा लगेर क्वारेन्टिनमा राख्न समितिले ११ वटै जिल्लामा कोरोना रोकथामका लागि गठित जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई निर्देशन दिएको छ ।

उच्चस्तरीय समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरको त्रिवेणी, दाउन्ने, गँैडाकोट, स्याङ्जाको राम्दी, तनहुँको आँबुखैरेनी, बागलुङको बुर्तिवाङलगायत प्रदेशका प्रमुख नाकामा थप कडाइ गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । उनका अनुसार अन्यत्रबाट समेत लुकीछिपी प्रदेशमा छिर्ने गरेकाले त्यसमा समेत कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

समितिको बिहीबार बसेको बैठकले छिमेकी मुलुक भारतलगायत देशका अन्य भागबाट नाकामा आएकाहरुलाई सुरक्षित साथ सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखिने र भारतबाट आएका सबैको अनिवार्य पिसिआर परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको उनले जानकारी दिए ।

“प्रदेशमा अहिले स’ङ्क्रम’ण बढिरहेको अवस्थामा प्रदेशका मुख्य र साना नाकामा समेत कडाइ गर्ने र नाकामा आएकाहरुलाई सम्बन्धित ठाउँमा पु¥याएर अनिवार्य पिसिआर परीक्षण गर्ने निर्णय गरेका छौँ ।” उनले भने, “विगत दुई महिनादेखि कोभिड–१९ सङ्क्रमण रोक्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको समेत पिसिआर परीक्षण गर्छौँ ।”

प्रदेशमा कोरोना रोकथामका लागि यसअघि सरकारले रु १५ करोडको रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको थियो । सो कोषको रकम सकिन लागेकाले उच्चस्तरीय निर्देशक समितिको बैठकले थप रु १५ करोड विनियोजनका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोषमा रकम थप गर्नका लागि सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र निर्णय गरिने जानकारी दिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!