Sunday, November 28, 2021
Home > समाचार > फेरि एकैदिन थपियो यति धेरै कोरोना संक्रमित, १२१२ पुगे!

फेरि एकैदिन थपियो यति धेरै कोरोना संक्रमित, १२१२ पुगे!

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १७० जनामा कोरोना पुष्टि भएपछी संक्रमितको संख्या १२१२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणम १७० जनालाई कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ र आरडीटी विधिबाट एक लाख ५ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ।

अहिलेसम्म कुल संक्रमित मध्ये २०६ जनाले को’रोना जितेका छन्। जस मध्ये १६२ पुरुष र ४४ जना महिला रहेका छन्। नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो ।

पछिल्लो समय को’रोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिए पनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!