Thursday, December 9, 2021
Home > समाचार > मालबाहक ट्रक दु’र्घटना हुँदा २९ वर्षिय ज्ञानबहादुर तामाङको मृ’त्यु

मालबाहक ट्रक दु’र्घटना हुँदा २९ वर्षिय ज्ञानबहादुर तामाङको मृ’त्यु

ताप्लेजुङ ।

ताप्लेजुङमा बिहीबार दिउँसो मालबाहक ट्रक दु’र्घटना हुँदा चालकको मृत्यू भएको छ । निमार्णाधिन मध्यतमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना भएकाे हाे ।

उक्त ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णू बहादुर खड्काले जानकारी दिए ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भिर घाईते चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यू भएको बताईएको छ । सहचालक भने सकुशल रहेका छन् ।

ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।
तस्बिर सौजन्य – सञ्जय थापा

Leave a Reply

error: Please Dont Copy My Content!! !!