Thursday, December 9, 2021
Home > समाचार > संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा भयो यस्तो झ’डप, प्रहरीद्धारा १० राउण्ड बढी हवाई फा’यर

संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा भयो यस्तो झ’डप, प्रहरीद्धारा १० राउण्ड बढी हवाई फा’यर

रौतहट, १६ जेठ ।

आफ्ना परिवारका सदस्यलाई अन्यत्र लैजान लागेको भन्दै इशनाथ नगरपालिकाको जोकाहाटोलमा झ’डप भएको छ । त्यहाँ रहेका कोरोना संक्रमितलाई अन्यत्र उपचार गर्न लैजान लागे पछि स्थानियले वि’रोध गरेका हुन् । वि’रोधका क्रममा झ’डप समेत भएको छ । इशनाथ नपा ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा बनाइएको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार सं’क्रम’ण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि अन्यत्र लैजान लागिएको थियो ।

पचारका लागि जिल्ला कै गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा कक्षमा लैजान लागिएपछि स्थानिय र परिवारका सदस्यले विरोध जनाएका हुन् । उनीहरुलाई लिन शुक्रबार बिहान चिकित्सक र सुरक्षाकर्मीको टोली पुग्दा विवादले उग्ररुप लिएपछि झ’डप भएको बताइएको छ ।

स्थानीयले कोरोना संक्रमितलाई जोकाहामा नै राखेर उपचार गर्नुपर्ने माग राखेका छन् । आफन्तलाई अन्यत्र लैजान नहुने उनीहरुको भनाई छ । संक्रमित रहेको स्थान जोकाहाबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटर टाढा रहेका कारण स्थानियको विरोध हो । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गरेपछि विवाद हुँदा झ’डप भएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीमाथि ढुंगा प्र’हार गरेपछि स्थिति निय’न्त्रण’मा लिन प्रहरीले १० राउण्ड भन्दाबढी हवाई फायर गरेको जनाइएको छ।

चितवन । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ । कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै सङ्घले एम्बुलेन्स चालकको स्वास्थ्यकर्मीसरह स्वास्थ्य बीमा तथा अन्य सेवा सुविधा उपलब्ध गराउन र कारोना परीक्षणको माग गरेको हो ।

सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने र महासचिव मुक्ति काफ्लेले विज्ञप्ति जारी गर्दै अधिकांश चालक कोरोना भाइरसको जोखिममा रहेको, धेरैले सामान्य सुरक्षा सामग्री पनि नपाएको, राज्यबाट पाउने भनिएका सामग्री पनि बाटैबाट हराएको, एकपटक किनेको मास्कलाई धोएर पटक पटक प्रयोग गर्न बाध्य भएको, एम्बुलेन्स चालकमाथि सामाजिक दुव्र्यवहार बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा विदेशबाट आएका व्यक्तिलाई ओसार्ने साधनका रुपमा जबर्जस्ती प्रयोग नगराउन पनि माग गरिएको छ । सङ्घले आफ्ना माग पूरा नभए कामलाई निरन्तरता दिन नसक्ने जनाएको छ । नेपालमा चार हजार ५०० एम्बुलेन्स छन् । तीमध्ये सबैभन्दा बढी दुई÷दुई सयको हाराहारी काठमाडाँैं र झापामा छन् । त्यसपछिको बढी मोरङ र चितवनमा रहेको एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष लामिछाने बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!