Thursday, December 9, 2021
Home > समाचार > छोरीलाई अँगालाे मार्दा आमा पनि क्वारेन्टाइनमा

छोरीलाई अँगालाे मार्दा आमा पनि क्वारेन्टाइनमा

अछाम, १६ जेठ ।

लकडाउनको बेला धनगढीबाट आएकी छोरीलाई अँगालाे मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ । आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् ।

आमाले बसबाट झरेपछि छोरीलाई मायाले अँगालाे मार्दा ४१ वर्षीया महिलालाई चौरपाटी गाउँपालिका–६ दुनीको क्वारेन्टाइनमा राखिएको छ ।

माइती घर आएकी छोरीलाई साथमा ल्याउन चौखुट्टे गएकी दुनी निवासी ती महिलाले छोरीलाई छोएको भन्दै क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष मने साउदले जानकारी दिनुभयो ।

वडा अध्यक्ष साउदका अनुसार धनगढीबाट अरुसँगै बसमा आएकी युवतीलाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी भए पनि आमाले छोएका कारण कोरोनाको सम्भावित सङ्क्रमणको आशङ्कामा दुवैलाई क्वारेन्टाइनमा राखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!