Thursday, December 9, 2021
Home > भिडियो > युवालाई हाैसला दिने प्रधानमन्त्री ओलीद्वारा रचित ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियो हेर्नुस्)

युवालाई हाैसला दिने प्रधानमन्त्री ओलीद्वारा रचित ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियो हेर्नुस्)

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीव्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक गरिएको छ । बैदेशिक रोजगारीमा गएका दिदीबहिनी, दाजुभाईको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै अन्तरा साङ्गीतिक समुहले गीतको भिडियो स्रोता, दर्शकसामु ल्याएको हो ।

अशोक लोहोरुङ राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा संजय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङको स्वर रहेको छ । गीतमा युवालाई देश विकासमा लाग्न र नमुना नेपाल बनाउँन आग्रह गरिएको छ ।

अशोकको नेतृत्वमा अन्तरा साङ्गीतिक समुहले बिगतमा थुप्रै गीत स्रोता, दर्शकमाझ ल्याइृसकेका छन् । सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीव्दारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ बैदेशिक रोजगारीमा गएका दिदीबहिनी, दाजुभाईको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै हामीले लिएर आएका छौ ।

गीत सन्देश मूलक भएकोले बिगतमा हामी प्रस्तुत गरेका गीत, संगीत झै यो सृर्जनाले पनि स्रोता, दर्शकको मन जित्न सफल हुनेछ’, संगीतकार अशोकले भने ।

भिडियो हेर्नुहोस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!