Sunday, November 28, 2021
Home > जीवनशैली > सेतीले लगेकाे दाईकाे लाश ४५ दिनमा भेटियो, बहिनीसंग शव ढाक्न कात्रो किन्ने पैसा पनि छैन (भिडियो हेर्नुस्)

सेतीले लगेकाे दाईकाे लाश ४५ दिनमा भेटियो, बहिनीसंग शव ढाक्न कात्रो किन्ने पैसा पनि छैन (भिडियो हेर्नुस्)

पोखरा ।

४५ दिन अगाडी गोर्खाका अमृत थापा मगर बेपत्ता भए । चैतको २८ गते हराएका उनी ४५ दिन पछि फेला परे । तर निधन भइसकेको अवस्थामा । उनी चिन्नै नसकिने अवस्थामा फेला परेका थिए । उनले चेन र कपडाका आधारमा परिवारले सनाखत गरेका हुन् । गण्डकी अस्पतालमा शव लगेर राखेको छ । उनी लामो समय पोखरामा बस्दै आएका थिए । माइक्रोवसमा सहायकको रुपमा काम गर्ने उनी ४५ दिन अघि साथीसंग माछामार्न भन्दै सेती नदिमा गएका थिए । उनी त्यतै बिलाए ।

४५ दिन सम्म खोज्दा बल्ल उनी फेला परे । उनको परिवारमा आर्थिक अवस्था निकै कमजोर छ । उनको परिवारमा दिदी र बहिनी छन् । अमृतको शव फेला परेपछि उनको शरिर ढाक्ने प्लाष्टिक नभएपछि एकजना बहिनीले मुस्किलले त्यसको ब्यवस्था गरेकी थिइन् ।

एम्बुलेन्समा शव अस्पताल सम्म लैजाने भाडा नहुँदा पनि निकै अप्ठेरो भयो । भाडामा बस्दै आएका उनीहरुसंग शव ढाक्ने प्लाष्टिक नभएपछि त्यसको पैसा पनि मागेर तिर्नु परेको फुपुले बताएकी छन् । एम्बुलेन्सलाई दिने २५ सय पनि अरुवाटै उठाएको बताएका छन् । लकडाउनका कारण आर्थिक समस्यामा परेका उनीहरु छोराको शव अन्त्यष्टि गर्न र कात्रो किन्ने पैसा पनि सहयोग माग्नु परेको छ । उनीहरुले कात्रो किन्ने पैसा समेत नभएपछि उनीहरुले सहयोगको याचना गरेका छन् ।

तीन दिदी र एक बहिनी भएका अमृतको दिदीहरुको विवाह भइसकेको छ । एउटी बहिनीको ब्यवहार पनि उनले नै हेर्दै आएका थिए । बुवा आमा कोही नभएका उनीहरु आफ्नो पेट पाल्ने पैसा कमाउन गाडीमा हिड्ने गरेका थिए । आमावुवा गुमाएका उनी वहिनीलाई विदेश पठाउने योजनामा थिए । त्यसका लागि पनि उनले पैसा जोगाउने गरिरहेका थिए । आफ्नो एक्लो दाई गुमाएकी बहिनी वि’छिप्त भएकी छन् ।

उनी बोल्न सक्ने अवस्थामा छैनन् । एउटै सहारा दाई गुमाएकी बहिनी ४५ दिन सम्म रोएर विताएकी छन् । निकै अप्ठेरोमा परेकी ति वहिनीलाई सहयोग जुटाउन अन्य स्थानियले पनि आग्रह गरेका छन् । बहिनीको भविष्य राम्रो बनाएर भोलीको दिन सुखदसंग विाताउने अमृतको चाहना बिचैमा टुटेको छ । उनको त्यस्तो अवस्था देखेपछि छिमेकीले केही सहयोग पनि गरेका छन् । तर ति वहिनीको जिवन भने निकै लामो छ । दाजु विनाको त्यो लामो जिवन अब उनले एक्लै विताउनु पर्ने छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!