Thursday, December 9, 2021
Home > समाचार > राष्ट्रियताकाे सवालमा काँग्रेस कहिल्यै पछि नहटेर संविधान संशोधनकाे पक्षमा मतदान गर्नेछः गगन थापा

राष्ट्रियताकाे सवालमा काँग्रेस कहिल्यै पछि नहटेर संविधान संशोधनकाे पक्षमा मतदान गर्नेछः गगन थापा

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ नक्सालाई वैधानिकता दिन हुने संविधान संशोधनको पक्षमा कांग्रेसले मतदान गर्ने बताउनुभएको छ । पत्रकार ऋषि धमलासंगको कुराकानीका क्रममा नेता थापाले पार्टीभित्र नेपाली भूमि समेटिएको नक्सालाई संविधानमा समावेश गराउनेबारे कुनै विवाद नरहेको प्रष्ट पार्नुभयो ।

नेपाली कांग्रेसको आन्तरिक अभिलेखका लागि केन्द्रीय समितिको बैठकबाट निर्णय हुन आवश्यक रहेकोले मात्रै बैठक पर्खिनुपरेको भन्दै नेता थापाले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको बताउनुभयो । “लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि नेपालको हो । यो भूमिलाई नेपालको नक्सामा समावेश गरिएको कुराको हामीले स्वागत गरेका छौं । अब हामी संविधान संशोधन गरेर नक्सालाई संविधानमा समेट्न आतुर छौं ।”, नेता थापाले भन्नुभयो ।

कांग्रेसमा कुनै अलमल नरहेको भन्दै नेता थापाले केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा नेपालको नक्सा संविधानमा समेट्न संशोधन प्रस्तावको पक्षमा उभिने बताउनुभयो । जनता समाजवादी पार्टीले लामो समयदेखि संविधान संशोधनको एजेण्डा राखेको र अहिले संगै संशोधन गरौं भन्ने प्रस्ताव राखेका कारण नयाँ विषय उत्पन्न भएपनि संविधान संशोधन गर्नेमा कुनै विमति नरहेको बताउनुभयो ।

सरकारले संसदमा तत्काल संशोधन प्रस्ताव पेश गर्नुपर्ने भन्दै नेता थापाले संविधान संशोधन मात्रै नभएर नेपाली भूमि व्यवहारिक रुपमै फिर्ता ल्याउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!