Wednesday, December 8, 2021
Home > भिडियो > आफु ठुलै जा’तको हुँ, भन्दै नवराजले केटीलाई फ’साएको खु’लासा, बे’पत्ता गोबिन्दको आमा र यी युवकले खोले य’स्तो पोल (भिडियो)

आफु ठुलै जा’तको हुँ, भन्दै नवराजले केटीलाई फ’साएको खु’लासा, बे’पत्ता गोबिन्दको आमा र यी युवकले खोले य’स्तो पोल (भिडियो)

काठमाडौं।

बिगत २/३ दिन देखि सामाजिक संजालमा भाइरल भैरहेको रुकुम घ’ट’नाका सम्बन्धमा केही नयाँ कुरा खुल्दै आएका छन् । नवराज विकसंग उनको प्रेमिका भनिएकी युवतीलाई लिन संगै गएका उनका साथीले केही नयाँ कुरा खुलाएका छन् । त्यो दिन नवराज र ति युवतीको फोनमा कुरा भयो । फोनमा के कुरा भयो भन्ने ति साथीले थाहा त पाएनन् । तर नवराजले फोनमा कुरा सकिएपछि साथीलाई भने, वेहुली राजी भई ल लिन जाउँ भनेर भने ।

साथीले त्यती भनेपछि अरु साथीले केही पनि सोधेनन् ।गाउँवाट सुरुमा ६ जना युवतीको गाउँतिर हिँडे । भेरीको पुलमा पुगेपछि अरु १६ जना थपिए । त्यसपछि फेरी ३ जना थपिएपछि २१ जनाको टोली भएर युवतीको गाउँमा गए । यस अघि नवराजले युवतीलाई आफु कथित ठूलो जातको भनेर भनेको कुरा पनि ति साथीले खुलाएका छन् । सुरुमा आफुलाई अर्कै जातको भनेर युवतीलाई भनेको थियो । तर पछि कुरा खुेलेको हो । यस अघि पनि गाउँमा त्यसैगरी युवतीलाई लिन जाँदा स्थानियले प्रहरीकहाँ बुझाएका थिए ।

उनले भने, प्रहरीकहाँ बुझाउन लगेपछि नवराजले अब फेरी आउँदा अरुलाई पनि लिएर आउँछु र युवतीलाई उठाएर लैजान्छु भनेर चे’तावनी दिएका थिए । नवराजकै साथी भन्छन्, २१ जना भएर जाँदा त्यो गाउँका मानिसले त्यही चे’तावनी सम्झिएको हुनुपर्छ । उनीहरु युवतीको घर नजिकै पुगेपछि युवतीको आमाले तिमीहरु फेरी आयौ ? अस्तिनै प्रहरीकहाँ बुझाएको विर्सिसक्यौ भनेर भनेको उनले बताएका छन् । उनले त्यतीबेला जातिय अप’हेलना हुने शब्द पनि प्रयोग गरेको ति साथीले बताएका छन् ।

सञ्चार माध्यममा विभिन्न कुरा वाहिर आएका छन् । मिडियामा आएका केही कुरा भने वास्तविकता भन्दा बढी आएको पनि बताइएको छ । १८ वर्षको जवान छोराको पर्खाइमा रहेकी गोविन्द शाहीको आमाले निकै ठूलो पी’डा भोगेको बताएकी छन् । गोविन्द अहिले सम्म फेला परेका छैनन् ।

श्रीमानवाट पनि माया नपाएकी उनले छोराको मुख हेरेर बसेको बताइन् । उनले साथीहरु घरमा आउँदा पनि यस्तो लकडाउनको बेलामा कोही नआउ भन्ने गरेको बताइन् । उनले यस्तो हुन्छ भन्ने थाहा पाउने भए छोराको साथीालाई युवती तिर आशक्त हुन नदिने बताएकी छन् । एसइइ दिने तयारीमा रहेका उनका छोरा १२ वजे दिउसो काफल खान भनेर घरवाट निस्केको बताइन् । उनी पनि काममा गएकी थिइन् ।

भिडियो हेर्नुहोसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!