Sunday, November 28, 2021
Home > भिडियो > भारतीय दुतावासबाट मासिक भत्ता बुझ्ने सडकदेखि सदनसम्मका दलालहरूले नै रोके संबिधान संसोधन (भिडियो)

भारतीय दुतावासबाट मासिक भत्ता बुझ्ने सडकदेखि सदनसम्मका दलालहरूले नै रोके संबिधान संसोधन (भिडियो)

काठमाण्डौ,जेठ १४ ।

सिमा तथा नागरिकताको बिषयमा खरो आवाज उठाउने हेमन्त सेढाइले नेपालको नक्सा संसदबाट पास हुन नदिन भारतले ठुलै चलखेलको योजना बनाएको खुलासा गरेका छन ।

तथापी आज लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । सम्भावित कार्यसूचीमा पनि राखिएको थियो तर बुधबार संसद बैठकमा विधेयक पेश भएन । यसको प्रत्यक्ष कारण भारतको हस्तक्षेप हुन सक्ने आशंका गरिएको छ ।

एक अर्को प्रसंगमा ३८ हजार नेपाली सरकारी देखी नेता दलालहरुले भारतीय दुतावासबाट मासिक भात्ता बुझ्ने गरेको बताउनु भयो । जब जब नेपालमा राम्रो कामको सुरुवात हुन थाल्छ नेपाललाई अस्थिरता तिर लान भारत हरसम्भव प्रयास गर्छ चाहे यो २०७२ सालको संबिधान जारी हुँदाको बेला होस् या तराइ मधेसको नाममा द्वन्द फैल्याउन होस् ।

यो सबै खाले समयमा भारतले नेपाललाई अस्थिरता तिर लगेको छ । अहिले आएर नक्सा संसोधन गर्ने कुरामा पनि बाधा हुने प्रसस्त संकेत देखिएकोले सम्प्रुण राष्ट्रवादी नेपालीहरुमा सेढाईले अपिल गर्नु भएको छ ।

हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!