Sunday, November 28, 2021
Home > समाचार > नेपालको नयाँ नक्सा पारित गर्न काँग्रेसले माग्यो समय,गगन थापाले जनाए असन्तुष्टि

नेपालको नयाँ नक्सा पारित गर्न काँग्रेसले माग्यो समय,गगन थापाले जनाए असन्तुष्टि

काठमाडौं,जेठ १४ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनथापाले संविधान संशोधन प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ । सरकारले आजको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई पारित गर्नेगरी ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने तयारी गरेको थियो। संसद सचिवालयले पनि यसलाई समेटेर कार्यसूचीको ड्राफ्ट तयार गरिसकेको थियो।

संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा कांग्रेसले केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही समय माग गर्‍यो। कांग्रेसले समय मागेपछि सरकार संशोधन विधेयक पेश गर्ने तयारीबाट पछि हटेको छ ।

यसरी कांग्रेसका कारणका कारण आजको संसद बैठकमा संशोधन विधेयक पेश नभएपछि नेता थापाले असन्तुष्टि जनाउनुभएको छ । उहाँले सभापति शेरबहादुर देउवालाई भोलि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गराउन माग गर्नुभएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!