Saturday, July 10, 2021
Home > समाचार > गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा…..हेर्नुहोस यस्तो छ कारण !!

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा…..हेर्नुहोस यस्तो छ कारण !!

काठमाडौं । शान्तिसुरक्षा कायम गर्न र अपराधीलाई कारबाही गर्न नसकेको भनेर सांसदले नै राजीनामा मागेको केही दिनपछि सडकबाटै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागिएको छ ।

गृहमन्त्री थापाको प्रदर्शन कमजोर भएपछि उनी चारैतिरबाट घेरिन थालेका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरण देशैभरि फैलिएपछि गृहमन्त्री थापा बढी आलोचित भएका छन् । अन्य बालिका र महिला हिंसाका कारण पनि मन्त्री थापा दबाबमा छन् ।

निर्मलाको न्यायका निम्ति काठमाडौंमा भएको प्रदर्शनमा निर्मला बलात्कार र हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ र कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नामक अभियानले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।

प्रदर्शनकारीले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढदै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।निर्मला पन्तको हत्यासम्बन्धी उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि प्रदर्शनकारीले सरकारसँग माग गरेका छन् । सरकारले प्रतिवेदन सार्वजनिक गर्न र दोषी किटान गरिएकामाथि कारबाही गर्न ढिलासुस्ती गरिरहेको छ ।

सरकार बलात्कारसामू झुक्दै गएको प्रदर्शनकारीको आरोप छ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै देशभर सरकारविरुद्ध दैनिक प्रदर्शन हुँदै आएको छ ।

नागरिक लगातार सडकमा हुँदा पनि सरकार अभियुक्त पक्राउ गर्न र अनुसन्धान गर्न सक्रिय भएको देखिँदैन । सुनकाण्डदेखि सिण्डिकेट काण्डमा असफल हुँदै गएका गृहमन्त्री थापाको अन्तिम विकल्प राजीनामा नै हुने अवस्था सर्वसाधारणमा फैलिँदै गएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!