Thursday, December 9, 2021
Home > समाचार > गुजारातबाट नेपालगन्ज हुँदै घर जान हिडेका २२ बर्षिय युवाकाे बाटोमै निधन

गुजारातबाट नेपालगन्ज हुँदै घर जान हिडेका २२ बर्षिय युवाकाे बाटोमै निधन

केहि दिन यता भारतबाट नेपाल भित्रिनेकाे हुल यति धेरै बढिरहेकाे छ कि जस्काे कारण नेपालमा कोरोना संक्रमितकाे सँख्यामा समेत ह्वात्तै बढोत्तरी आएकाे छ । कामका सिलसिलामा भारत गएका मजदुर नेपालीहरू काम नदिने मात्रै होइन भारतले खाना बस्न वा भाडामा कोठा समेत नदिएपछि एकदमै दुःखकष्ट भोगरे बस्न बाध्य भएका छन् । बस्ने ठाउँ नै नपाएपछि हिडेर वा विभिन्न कष्टकर भोगाइबाट नेपाली सिमासम्म् आइपुेका छन् ।

भारतको गुजरात राज्यबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति निधन भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा निधन भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो ।

अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको निधन भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो । अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

त्यस्तै भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति निधन भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा निधन भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको निधन भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिनुभयो । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!