Sunday, November 28, 2021
Home > समाचार > क्वारेन्टाइन व्यवस्थापनमा लगेका वडाध्यक्ष नै एक्कासी ढलेपछि निधन!

क्वारेन्टाइन व्यवस्थापनमा लगेका वडाध्यक्ष नै एक्कासी ढलेपछि निधन!

कञ्चनपुर ।

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति निधन भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको निधन भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उहाँको निधन भएको छ ।”

वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उहाँको निधन भएको हुनसक्ने उहाँले बताउनुभयो ।

निधन भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!