Sunday, November 28, 2021
Home > भिडियो > कुनै पनि हालतमा जाजारकोट घटनाको दोषीलाई जसरी पनि कारवाही हुनेछः मेयर घर्ती (भिडियो)

कुनै पनि हालतमा जाजारकोट घटनाको दोषीलाई जसरी पनि कारवाही हुनेछः मेयर घर्ती (भिडियो)

जाजरकोट ।

जाजरकोट भेरी नगरपालिका प्रमुख सिपी घर्तीले रुकुम पश्चिममा घटाईएको घटना निकै नै डरलाग्दो ह;त्याका;ण्ड भएको बताएका छन् । पिडितकै घरमा उनले पत्रकार सम्मेलन गरेर उनले यो घटना मानव जातिकैलागी अक्षमय घटना भएको बताएका हुन् ।

प्रमुख घर्तीले कमीकम्जोरी मान्छेबाटै हुन्छ तर त्यसलाई सुध्रने मौका दिनुको साटो मान्छे नै मा;रिदिने ? भन्दै आ’क्रोशपुर्ण भावमा यो एउटा मानव जातिबाट घटेको साह्रै नै निन्दनिय घटना भएको बताएका छन् । उनले यस्तो प्रकारको घटनामा संलग्नलाई हदैसम्मको कारवाही गरिनु पर्ने पनि बताएका छन् ।

पत्रकारहरुसंग कुराकानी गर्दै प्रमुख घर्तीले अब जाजरकोट जागीसकेको छ भन्दै यदि कसैले पनि यो घटनालाई तो’डमोड गरेर दोषीलाई उम्काउने प्रयास गर्छ भने त्यो आफुहरुलाई स्वीकार्य नहुने बताएका छन् । साथै उनले दोषीलाई उम्काउने या घटनाको रुपलाई फेरबदल गर्ने जस्ता काम गरेर एउटा अ’पराधलाई ढाक्नकोलागी अर्को अपराध नगर्न पनि चेतावनी दिएका छन् ।

प्रमुख घर्तीले यो समय लकडाउनको नहुन्थ्यो भने स्थितिलाई नियन्त्रणमा लिन गाह्रो पर्ने बताए । उनले यस्तो लकडाउनको बेलापनि यति धेरै जमातमा सामाजिक दुरीलाई कायम नगरिकन याहाँका जनताहरु जाग्न सकेका छन् भने सामान्य दिन र सामान्य समय भएको भए हामीले परिकल्पना गर्नै नसक्ने गरी याहाँ जनमास र आन्दोलनको अर्को रुप श्रृजना हुने थियो ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!